महाकालीबाट सुरु भएको युवा संघको युवा जागरण  कार्यक्रम मेची समापन

महाकालीबाट सुरु भएको युवा संघको युवा जागरण  कार्यक्रम मेची समापन

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २४, २०७९

झापा । युवा संघ नेपालको १५ गते भाद्रमा सुरु भएको महाकाली  मेची युवा जागरण  कार्यक्रम सम्पन्न भएको  संघले जनाएको  छ । 

बिहीबार अपराह्न बिर्तामोडमा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा  पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नुभएको थियो । 

उहाँले युवा जागरण अभियान एकीकृत समाजवादी पार्टी युवाहरु सहित नेपाली जनताको अभियान पनि भएको बताउनु भयो  । उहाँले अव नपाली जनता समाजवादी लोकतन्त्र तर्फ  अगाडि बढ्न चाहेको भन्दै समाजमा विद्यमान अन्याय अत्याचार शोषण दमन  निर्मूल गर्ने दिशातर्फ केन्द्रित हुनुपर्ने र त्यसको नेतृत्व समाजवादी लोकतन्त्रले मात्र गर्ने बताउनु भयो । 

अभियान चलेका तराईका  २० जिल्लाले समग्र  देशको सिंगो आधा जनसंख्या ओगटेको भन्दै नेता  खनालले यो अभियानको सन्देशले देशमा जुन प्रकारका शोषण दमन वर्गीय विभेद हल गर्न अव समाजवादी क्रान्ति जरुरी भएको र समाजवादी रूपान्तरण गर्दै वैज्ञानिक समाजवाद तर्फ रूपान्तरण गर्न एकीकृत समाजवादी एउटा वैकल्पिक शक्ति भएको सन्देश दिएको बताउनु भयो ।  संविधानमा केही प्रावधान भएपनि व्यवहारमा अझै विभेद कायम भएको भन्दै त्यसका विरुद्ध युवाहरू लाग्नुपर्नेमा जोड दिनुभयो ।

अझै पनि देशको  सीमाको यकिन तथ्यांक नभएको भन्दै लिम्पियाधुरा कालापानी लिपुलेक सहितका हाम्रा भूमिको रक्षा गर्ने दायित्व हाम्रै काँधमा भएको बताउनु भयो । कार्यक्रममा पार्टी उपाध्यक्ष  जयन्ती राई, उप महासचिव  विजय पौड्याल, पोलिटब्युरो सदस्य युवा ईञ्चार्ज ,  दिलु पन्त, युवा संघ नेपालका अध्यक्ष  नरेश शाहीले सम्बोधन गर्नु भएको थियो।

 झापा जिल्ला कमिटीको तर्फबाट जिल्ला कमिटीको अध्यक्ष वेदराज रेग्मीले युवा संघ नेपाल लाई सम्मान गर्दै सहभागी सबैलाई हार्दिक बधाई एवम् धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम युवा संघ नेपालका प्रदेशका अध्यक्ष प्रत्यूष रानाको अध्यक्षता र सञ्चालन युवा संघ नेपालका नेता संजिप राई ले गर्नु भएको केन्द्रीय प्रचार विभागका सदस्य तीर्थ सिग्देलले बताउनु भयो ।