रिट्ठेको डिहिडाँडामा पहिरो, ५ घर उच्च जोखिममा

रिट्ठेको डिहिडाँडामा पहिरो, ५ घर उच्च जोखिममा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २८, २०७९

काभ्रे । काभ्रे भुम्लुको वडा न. १ सापिङको रिट्ठेको डिहिडाडामा दिउँसोको निरन्तर बर्षाको कारण पहिरो गएको छ।

 दिउँसोको करिव पाच बजे तिर पहिरो गएको स्थानीय अच्युत प्रसाद पराजुलीले जानकारी दिनुभएको छ। भिरालो भुगोलको कारण पहिरो गएको उहाँको भनाइ छ साथै १५-२० धुरी बस्ती भएको ठाउँमा ५ घर उच्च जोखिममा रहेको छन् ।

स्थानीय सुमित्रा पहरीका अनुसार पहिरोले तत्काल क्षती धेरै नपुर्याए नि २ घरको आगन सहित चर्किएको र बाख्रा बस्तु त्यही भएको कारण मान्छे अन्त सरे पछि बस्तुहरुलाई सार्न नसकेको बताउनुभयो।

स्थानीय अच्युत पराजुलीका अनुसार पालिका र वडाको पहलमा अस्थायी टहरा बनाइएको छ। मानिस चै त्यहि अस्थायी  टहरामा बसिरहेका छन् । तर बस्तुभाउ सार्न सकिने अबस्थामा  छैन। वडा अध्यक्ष लेखनाथ श्रेष्ठले भने आफुहरुले जोखिम न्यूनीकरणको लागि बस्ती ब्यास्थापन गरिसकेको बताउनु भएको छ।