बालदिवस

बालदिवस

शर्मिला तिमल्सिना  |  साहित्य  |  भदौ २९, २०७९

(ज   र   ज    र   ज    गु  isi  sis  isi  sis  isi   s  छन्द-पञ्चचामर)

 

निकाल धेर तिर्सना, निकाल धैर्य पढ्नमा
बनोस् न शान्त चित्त यो , छ पुग्नु आज लक्ष्यमा
लिएर जोस हौसला, निकाल बढ्न साइत
विचार अक्कली कुरा, लिएर शिष्ट आदत

लिएर ज्ञान ध्यानमा ,सुनेर चित्तले कुरा
पुगेर शैलमा अझै, छ धन्य टेक्न टाकुरा
पढेर ज्ञान झन् बढोस्,यताउता जतासुकै 
पिएर चेतको सुधा, विकास तर्फ लम्कदै

दिएर ध्यान पाठमा,विभिन्न तर्क साथमा 
सुकर्म गर्न पर्छ है, हुनेछ स्वास्थ्य गाथमा
म एक स्वस्थ बालिका, पढेर बस्छु तालिका
गरेर खान्छु बालिका, अवश्य पुज्छु मालिका

सचेत कर्म साधना, परिन्न है विवादमा
उपासना र अर्चना, गरिन्छ स्वस्थ यादमा
पुकार गर्छु प्रेमको, हरेक  मित्र साथमा
सदावहार  चित्तमा ,मिलाप स्वस्थ गाथमा

लुछाचुडी कसै गरी ,गरिन्न योजना भने
मिलाप गर्न खोजियो,  प्रशन्न झन् बढी बनें
नराख दुष्ट  कामना,नपार है दबावमा
मुसुक्क मस्कियौ सखी, परेँ म लौ प्रभावमा