सोना थुलुङको ‘को होला उनी ’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

सोना थुलुङको ‘को होला उनी ’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  भदौ २९, २०७९

सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकामा जन्मिएका हुन् गायक तथा संगीतकार सोना थुलुङको  ‘को होला उनी ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । 

सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिकामा जन्मिएका थुलुङ बिगत एक दशक देखि सिंगापुर प्रहरीमा कार्यरत छन् । सम्पूर्ण समय आफ्नो प्रहरी सेवामा  खर्च गरे पनि केहि बाँचेको समयलाई सदुपयोग गर्दै नेपाली गीत संगीत लाई टेवा पुर्‍याउँदै आईरहेका छन् । 

 हाल सम्म एक दर्जन गीतमा आफ्नो आवाज भरि सकेका छन् भने आधादर्जन गीतमा संगीत गरी सकेका छन्, हालै गायक  सोना थुलुङले ‘को होला उनी ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतको  शब्द रोहित लिम्बु र  संगीत स्वयम् गायक कै रहेको छ ।

गीतको भिडियो  अफिसियल युट्युब च्यानल ‘सोना थुलुङ’मार्फत् सार्वजनिक भएको छ । देबेश राई ले गरेका एरेन्जको गीत रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । भिडियोमा छायाङ्कन बिसन राई  र सम्पादन सोना थुलुङले  गरेका छन् । साबा पुन को भिडियो निर्देशन मा सोना थुलुङ र सुनी थुलुङ ले अभिनय गरेका छन्  सम्पूर्ण भिडियो छायाङ्कन सिंगापुरमा गरिएको पनि जानकारी गराइएको छ । 

‘को होला उनी ’ बोलको म्यूजिक भिडियो सार्वजनिक यहाँ क्लिक गरेर सुन्न सकिन्छ ।