हतियारधारीलाई तत्काल पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन एकीकृत समाजवादीको माग

हतियारधारीलाई तत्काल पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन एकीकृत समाजवादीको माग

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २९, २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी  केन्द्रीय प्रचार विभाग  प्रमुख  जगन्नाथ खतिवडाले एक प्रेस विज्ञप्ति प्रकाशित गरी भक्तपुर जिल्ला कमिटीका अध्यक्ष श्याम बस्नेतको घरमा आक्रमण गरेको  घटना अत्यन्त खेद व्यक्त गर्नु भएको छ । 

 विज्ञप्तिका ०७९ भदौ २५ गते राति ३ बजे  हतियारधारी समूहले अध्यक्ष बस्नेतलाई ज्यानमार्ने उद्देश्यका साथ घरको मूल ढोका र च्यानल गेट समेत तोडफोड गरी घरभित्र प्रवेश गरेका थिए । हतियारधारी आक्रमणकारीले अध्यक्ष बस्नेतलाई घरमा नभेटेपछि श्रीमती र छोरालाई आक्रमण गरेको  घटनाका   आक्रमणकारीलाई अझै पनि कारवाहीको दायरमा ल्याउन नसकेको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । 

विज्ञप्तिमा  घटनाको छानविन गरि हतियारधारीलाई तत्काल पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन गृह प्रशासन समक्ष जोडदार माग गरिएको छ ।