पैसामा र्‍याल नचुहाउने किसान श्रेष्ठलाई जिताउन बाराबसीलाई मन्त्री चौधरीलाई अनुरोध

पैसामा र्‍याल नचुहाउने किसान श्रेष्ठलाई जिताउन बाराबसीलाई मन्त्री चौधरीलाई अनुरोध

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २९, २०७९

बारा ।सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक रहेको बताएका छन् ।

सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि  निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने,   'काङ्ग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन  मिल्नुपरेको छ । अझ बलियो एकता बनाउनु पर्ने छ । निर्वाचन पछि थप दल पनि एकतामा आउनेछन् ।'
'किसान श्रेष्ठले  मापदण्ड अनुसार तनहुँ छोड्नु पर्ने होइन तर पनि रामचन्द्र पौडेलका लागि  उहाँ बारा ( ४ को उम्मेदवार बन्ने स्थिति बन्दै छ । जसले  निर्वाचन क्षेत्र हेर्न सक्छ, देश हेर्न सक्छ,  त्यसलाई हेर्नुपर्छ । अब जात, धर्म र समुदाय मात्रै हेर्ने होइन । जनताले यो कुरा बुझिसकेका छन् ।'  मन्त्री चौधरीले थपे ।

राम्रो मान्छे , दृष्टिकोण भएको मान्छे , पैसा देख्दा र्‍याल नचुहाउने  किसान श्रेष्ठलाई जिताउने गरि प्रचारमा लाग्न मन्त्री चौधरीले निर्देशन दिए । 

एमालेले जिते यो प्रणाली नै  समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । ओली घमण्ड , कुबुद्धि र सत्ता उन्माद ले सडकमा पुगेको समेत उनले बताए  ।   

गढिमाइ मन्दिरको निरीक्षण, साना किसान कृषि सहकारी सिमराको बार्षिक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै मन्त्री चौधरीले कार्यकर्ता भेटघाट पनि गरेका थिए ।