खानेपानीको बजेटमा उपभोक्ता समितिको गिद्धे नजर: घन्टौँ टाढा कुवाको पानी थाप्लोमा बोक्न बाध्य

पानी जीवन हो भनिन्छ पानी बिना बाच्ने कुरा कल्पनासम्म गर्न सकिन्न ।  तर त्यही बिषयलाई हेलचेक्रयाइँ गर्नाले आज सम्म पनि खानेपानी जस्तो आधारभूत आवश्यकता  पूरा गर्न सकिरहेको अवस्था छैन अर्थात् याे  समस्या भने हट्न सकेको छैन ।

यो कुनै समस्या  सहरको कुरा होइन  यो त  भुम्लु गाउँपालिका भित्रको कुरा भुम्लुमा धेरै ठाउँमा अहिले टाउकोमा नाम्लो र पिठिउँमा गाग्रो अझै हटेको छैन।

खानेपानीको बजेट आउँछ काठमाडौँदेखि हुँइकियर गाउँमा आएर म बिकास गर्छु भनी उपभोक्ता समितिको अध्यक्ष बन्छन् अझ भन्ने हो भने त ठूलो बजेट आउन सातै जुनसुकै बजेटमा आफ्ना नेतालाई फोन गरि लौ न त्यो योजना मलाई मिलाइदिन पर्यो भनी फोनको भरमा कानेखुसी गरि योजनामा ३ भागमा १ भाग काम गरेर अरु खल्तीमा हाल्ने प्रवृत्तिले भसक्क पारिसकेको छ।

बजेट जति नै आए पनि  बजेटको राम्रो सदुपयोग राम्रो इन्जिनियरीङ स्टिमेट अनुसार नभए पछि त्यो बिकास निर्माणको के महत्त्व रह्यो र ? तर खानेपानीको नाममा बजेट पारेर मानव जीवनको लागि दान गर्नु त कहाँ कहाँ उल्टै बजेटमा गिद्धे नजर लगाई नाफा बनाउन खोज्छन् भने सायद ती गाग्री बोक्ने बृद्ध बुबा आमाको आँसुले पनि काकाकुलको जुनी होला भन्दै स्थानीयहरु गुनासो गर्छन्।

अझ भुम्लु २ सिम्थलीको अवस्था हेर्ने हो भने त बिहाल छ। खानेपानीको नाममा लाखौ बजेट परे पनि अहिले बर्षात् को समयमा बिशेष गरि साबिक वडा नम्बर ३ मा स्थानीयहरु गाग्री बोकेर कुवाको पानी लिएर अनि करेसा को मुलको पानी पिउन बाध्य छन्। 

 अहिले सिम्थली स्वास्थ चौकीमा समेत पानीको चरम अभाव भएको स्वास्थ्यकर्मीहरु बताउँछन्। स्थानीयहरु बताउँछन्- अनेकौं नानाथरी काम कुरामा ब्यस्त जनप्रतिनिधिले आज सम्म खानेपानी जनतालाई के कस्तो छ भनी अहिलेसम्म बुझ्न सकेका छैन  न त पहिलाको जनप्रतिनिधिले बुझे न अहिलेका नै बुझे ।

गत बर्ष खानेपानी को लागि ८ लाख बजेट आयो,  काम सुरु भइ काम पनि सकियो, श्रमदान पनि गरियो, पछि बजेट नपुग भएको भन्दै प्रत्येक घरबाट १७५० उठाइयो, अहिले त्यो पानी आउँदैन । समितिको लापरबाही, पानीको मुहानको अवैज्ञानिक अनुगमन, काममा लापरबाही यसका कारण अहिले यस्तो समस्या भोगिरहनु परेको छ । नचाहिने ठाउँमा ट्याङ्की बन्यो मुहानमा राम्रो ट्याङ्की छैन

सिम्थलीका स्थानीय प्रदिप खड्का भन्छन्-अहिले बस्तीमा खानेपानी सुविधा नभएकाले एक घन्टा हिँडेर कुवा, करेसा, पानीको मुहानबाट खानेपानी ल्याउनु पर्ने बाध्यता छ । फेरि पनि पालिकाबाट एक घर एक धाराको अवधारणा ल्याएको छ , सो अवधारणा कागजी प्रकृयामा मात्र सिमित होला जस्तो भयो । एक घर एक धाराको आयोजना बन्दै छ भन्ने सुन्दैछौँ, खै कहिले पुग्ने हो खानेपानी थाहा छैन । कि धारा मात्र पुग्ने त होइन ? 

घरमा धारा छ , पानी आउँदैन 

गत बर्ष खानेपानी को लागि ८ लाख बजेट आयो,  काम सुरु भइ काम पनि सकियो, श्रमदान पनि गरियो, पछि बजेट नपुग भएको भन्दै प्रत्येक घरबाट १७५० उठाइयो, अहिले त्यो पानी आउँदैन । समितिको लापरबाही, पानीको मुहानको अवैज्ञानिक अनुगमन, काममा लापरबाही यसका कारण अहिले यस्तो समस्या भोगिरहनु परेको छ । नचाहिने ठाउँमा ट्याङ्की बन्यो मुहानमा राम्रो ट्याङ्की छैन

बर्षासँगै आएको बाढी, खोलामा जुका लाग्ने, खोलाको बाटोमा हिड्न नसक्ने गरि झाडि यस्ता यस्तै कारणले गर्दा पानी मुहानसम्म जान सम्भव छैन ।उनी थप आक्रोश पोख्दै भन्छन् - स्थानीय सरकार साथै वडा अध्यक्षको यो गम्भीर बिषयमा चाडै ध्यान जाओस् । कुवा, करेसाको पनि खाएर कोहि बिरामी परिहाले भने, एम्बुलेन्स जाने बाटो छैन । 

पालिकाबाट मिनरल वाटर उत्पादन, बिक्री बितरण गर्नको लागि ५० लाख बजेट छुट्याएको छ । सो योजना सिम्थलिमा ल्याइ , सिम्थलिबाट पानीको उत्पादन गर्ने भन्ने पालिका अध्यक्षबाट कहि/कतै हल्ला आएको छ । सिम्थलिमा बर्खाको समयमा घरमा पानी त आउँदैन , मिनरल वाटरको लागि काम गर्छु भन्नु त चन्द्रमामा कुवा खान्छु भनेको जस्तै हो ।
सिम्थलीका स्थानीयहरुले खानेपानीको लागि तत्काल ध्यानाकर्षण गराएका छन्।