एभरेष्ट बैंक: कार्यदक्षता विकासका तालिम उपलब्ध गराउन एनबीआईसँग सम्झौता पत्रमा हस्ताक्षर

एभरेष्ट बैंक: कार्यदक्षता विकासका तालिम उपलब्ध गराउन एनबीआईसँग सम्झौता पत्रमा हस्ताक्षर

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३१, २०७९

काठमाडौँ ।  एभरेष्ट बैंक लिमिटेड (इबिएल) र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई)  बीच मिति २०७९ भाद्र ३० गते बिहिबारका दिन कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका बैंकल जनाएको छ । 

बैंकले जनाए अनुसार  देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट  बैकिङ्गको सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।