दोलखा संघीय सांसद एकीकृत समाजवादीको भागमा

दोलखा संघीय सांसद एकीकृत समाजवादीको भागमा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३०, २०७९

दोलखा। दोलखा प्रतिनिधि सभा  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को भागमा पर्ने निश्चित भएको एकीकृत समाजवादी दोलखाले जनाएको छ । 

सत्तारुढ ५ दलीय गठबन्धनभित्र दोलखाको एक मात्रै  रहेको प्रतिनिधि सभा नेकपा (एकीकृत समाजवादी) को भागमा  पर्ने प्रारम्भिक सहमति भएको एकीकृत समाजवादी एक नेताले बताएका छन् । नेकपा (एकीकृत समाजवादी)ले दोलखामा आफ्नो पकड भएकोले आफूले पाउनुपर्ने माग राख्दै आएको थियो ।

गठबन्धनभित्र दोलखामा प्रतिनिधि सभा एकीकृत समाजवादीलाई दिने निश्चित भएपछि टिकटको दबाब दिन काठमाडौँ आएका नेता कार्यकर्ता चुनाव तयारीका लागि जिल्ला धमाधम  फर्किन थालेको उपसचिव संगीता पाख्रिनले जानकारी दिनु भएको छ । 

 नेकपा(एकीकृत समाजवादी) दोलखाले प्रतिनिधि सभामा पार्टीका पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारीलाई उम्मेदवार बनाउने यस अघि नै निर्णय गरेको छ । इमानदार छवि बनाएका भण्डारीलाई दोलखामा गठबन्धन र एमालेभित्र समेत प्रभावशाली नेताको रुपमा परिचित रहनु भएको छ ।