चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदै महाभियोग सिफारिस समिति

चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदै महाभियोग सिफारिस समिति

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३१, २०७९

काठमाडौं ।संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको छ । 

समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ । 

बयानका क्रममा जबराले सात जना वकिलको नाम लिएका थिए । समितिले बिहीबार उनीहरुसँग सोधपुछ  गरेको थियो । 

सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्व प्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन् ।