दलितद्वारा दलितलाई विभेद ! विश्वकर्मा ससुराको काजक्रियामा परियार बुहारीलाई रोक !!

दलितद्वारा दलितलाई विभेद ! विश्वकर्मा ससुराको काजक्रियामा परियार बुहारीलाई रोक !!

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३१, २०७९

मोरङ ।मोरङको उर्लाबारी नगरपालिका-२  घर भएकी ३० बर्षिय बुहारी कोपिला परियारलाई घरबाट सानो जातको भन्दै काजकिरिया गर्न रोक लगाएका छन्।

 केही समय अगाडी कोपिलाको ससुरा बितेको र कोपिला परियार भएकोले किरिया गर्न हुदैन सानो जातले छुन हुदैन भन्दै दलित समुदायभित्रै विश्वकर्मा थरका परिवारले सानो जातको भन्दै परियार थरकी बुहारीलाई    काजकिरिया गर्नबाट रोक लगाएका स्थानीय सुविन बिश्वकर्मा बताएका छन्।

सुविन अनुसार  बुहारी परियार वा बिश्वकर्मा भन्दा सानो जात भएकोले   श्रीमानको परिवारले  घरमा काजकिरिया गर्न स्वीकार नगरेको र अलग्गै घरमा बसेर ससुराको काजकिरिया गर्न बाध्य पारिएको छ ।