मन्त्री कुँवर र साउदी अरेबियाक राजदूत हैमद बीच भेट : चाँडै श्रम सम्झौताको तयारी

मन्त्री कुँवर र साउदी अरेबियाक राजदूत हैमद बीच भेट : चाँडै श्रम सम्झौताको तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३१, २०७९

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदबीच भेटवार्ता भएको छ । राजदूत हैमद मन्त्री कुँवरलाई भेट्न शुक्रबार मन्त्रालय आउनु भएको हो । 

भेटमा साउदी अरेबियामा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्न जाने नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो । 

उहाँले साउदी अरेबियासँग नेपालले समयमै द्धिपक्षीय श्रम सम्झौता गर्न नसकेकाले श्रम आप्रवासनका क्षेत्रहरु व्यवस्थित हुन नसकेको बताउनु भएको छ । त्यस्तै उहाँले राजदुत हैमदलाई दुई देशबीचको श्रम सम्झौताको काम अगाडी बढी सकेकाले अब चाँडै श्रम सम्झौता हुने जनाकारी गराउनु भयो ।  

उहाँले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले साउदीमा काम गर्ने नेपाली कामदारलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रह समेत गर्नु भएको छ । 

भेटमा राजदूत हैमदले नेपाल र साउदी अरेबियाको सम्बन्ध  मैत्रीपूर्ण भएकाले नेपाली कामदारले भोग्ने गरेका समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बचन दिनु भएको छ ।