प्रभु बैंक : 'रेमिटेन्स पठाऊँ, उच्च ब्याज कमाऊँ'

प्रभु बैंक : 'रेमिटेन्स पठाऊँ, उच्च ब्याज कमाऊँ'

लोकसंवाद संवाददाता  |  कारोबार  |  भदौ ३१, २०७९

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा 'रेमिटेन्स पठाऊँ, उच्च ब्याज कमाऊँ' भन्ने योजना २०७९  असोज  १ गतेबाट सुरु गर्ने भएको छ ।

यसरी  विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्धती खातामा बार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको  प्रभु बैंकले जनाएको छ ।  

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन प्रेरणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको जनाएको  छ ।