निक्षेप तथा कर्जा सुरक्षण कोष ४९ औँ वार्षिकोत्सव: २७ जना रक्तदाताद्वारा रक्तदान

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोषको केन्द्रीय कार्यालय प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

भदौ ३१ गते शुक्रवारका दिन सम्पन्न खुल्ला रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा, ताहाचल काठमाडौँको प्राविधिक सहयोग सञ्चालित कोषका कर्मचारी लगायतका २७ जना रक्त दाताले रक्तदान गर्नु भएको कोषले जानकारी दिएको छ ।

कोषले जारी प्रेस विज्ञप्तिमा मुलुकमा समय समयमा हुने रगत अभावलाई थोरै भए पनि सहयोग पुग्ने अपेक्षा सहित खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको कुरा उल्लेख गरिएको छ । खुल्ला रक्तदान कार्यक्रम सहभागी भई रक्तदान गरी सहयोग गरी रक्तदान गर्नु हुने रक्त दातालाई कोषले कृतज्ञता व्यक्त गरेको छ ।