'एक संसार, एक मिसन, एक सवारी' भन्ने नाराका साथ ‘वान राइड २०२२' को आयोजन हुँदै

'एक संसार, एक मिसन, एक सवारी' भन्ने नाराका साथ ‘वान राइड २०२२' को आयोजन हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३१, २०७९

काठमाडौँ । विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी 'रोयल इन फिल्ड' को लागी आधिकारिक बिक्रेता  अल्फा अटोमोटिभले ‘वान राइड २०२२' को  आयोजन गर्ने भएको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरूले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्ने छन् । 

वान राइड विश्वभर एकै दिन आयोजना गरिने छ भने  यस पटकको राइडको नारा 'एक संसार, एक मिसन, एक सवारी ' रहेको छ । 

‘वान राइड २०२२' को  कार्यक्रम यही असोज २ गते  अल्फा अटोमोटिभले जनाएको छ ।  अल्फा अटोमोटिभका अनुसार  बिहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु हुने यो राइड चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिने छ । यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरञ्जनात्मक खेल तथा सीआरएसका कार्यहरू समेत हुनेछ ।

सीआरएसको कार्यक्रम अनुरूप चित्लाङ रहेको 'श्री काली देवी आधारभूत विद्यालय'  का विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिने छ  चित्लाङका वार्ड अध्यक्ष र विद्यालयका  प्रधानाध्यापक समेतको संलग्नता रहने छ  ।

‘वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो  । विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो ।   यसरी सुरु गरिएको राइड विश्वमा दुई पांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । वार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठुलो कार्यक्रम मानिन्छ । 
विश्वमा देखिएको वातावरणीय, पर्यावरण, मौसममा भएको परिवर्तनका कारणले जलचर, थलचरलाई प्रभावित भएको हुँदा हामी पर्यावरण संरक्षण एवं दूर दराजसम्म पुगी सहयोग गर्ने  उद्देश्य राखिएको अल्फा अटोमोटिभ जनाएको छ ।  दुर्गम ठाउँमा पुगी वातावरण सफा गर्ने, हाम्रो वातावरणीय प्रभावलाई कम गर्न मद्दत गर्ने, र हरेक ठाउँलाई राम्रोसँग सँगै छोड्ने रहेको छ  ।