'मेरो माया लाग्छ कि लाग्दैन' बोलको म्युजिक भिडियो बजारमा (भिडियोसहित)

'मेरो माया लाग्छ कि लाग्दैन' बोलको म्युजिक भिडियो बजारमा (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन १, २०७९

काठमाडाैं । डिलाईटेड नेपाल युट्युब च्यानल मार्फत नया गीत मेरो माया लाग्छ कि लाग्दैन.को म्युजिक भिडियो बजारमा आएको छ । 

आधुनिक गीतहरूको लहरमा थपिएको नया गीत भित्र मेरो माया लाग्छ कि लाग्दैन भन्दै एउटी युवतीले आफूले मन पराएको केटालाई सोधिरहेकी छिन । अरु त भिडियो हेरेपछि थप प्रष्ट हुन्छ नै ।

यस गीतमा गीतकार डी पी दाहाल परिश्रमीको रचना, मनोहर सुनामको संगीत र रचना रिमालको स्वर रहेको छ । यस गीतकी प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल हुनुहुन्छ ।

यो गीत साउण्ड डिजाईन स्टुडियोमा रेकर्ड गरिएको हो ।। डिलाईटेड म्युजिक इन्डष्ट्रिज प्रालिले उत्पादन तथा बितरण गरेको यो गीत सुन्न लायक मिठो श्रृजना बनेको छ ।

गुरुआमा फिल्मस् प्रा.लिको उत्पादन सहयोग रहेको यस गीतको भिडियो निर्देशन स्मृती तिमिल्सिना गूरु आमाले गर्नु भएको छ । भिडियो सम्पादन प्रकाश धमला, छायांकन सुरेश श्रेष्ठ, एरेन्ज मनोहर सुनाम, रेकर्डिष्ट एबं मिक्सीड भोला पौडेलको रहेको छ । भिडियोमा कमल सिंह र पुजन घिमिरेको अभिनय रहेको छ ।

'मेरो माया लाग्छ कि लाग्दैन' बोलको म्युजिक भिडियो यहाँ क्लिक गरेर हेर्न र सुन्न सिकन्छ ।