पर्यटनमन्त्री श्रेष्ठद्वारा डल्लुमा 'भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल'को शिलान्यास

पर्यटनमन्त्री श्रेष्ठद्वारा डल्लुमा 'भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल'को शिलान्यास

लोकसंवाद संवाददाता  |  पर्यटन  |  आश्विन १, २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गर्नुभएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने 'भुकम्प स्मृति बहुउद्देश्यीय कभर्डहल' को शनिवार काठमाडौं-१५ स्थित डल्लु आवास क्षेत्रमा शिलान्यास गर्नुभएको हो । 

साढे ४ करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु संचालन गर्न सकिने मन्त्री श्रेष्ठले बताउनुभयो । बहुउद्देश्यीय कभर्डहल  ६ रोपनी जग्गामा निर्माण हुनेछ । 

कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस खेलका साथै ध्यान, योग, सेमिनार जस्‍ता कार्यक्रम संचालन गर्न समेत सकिनेछ । स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि कभर्डहल सहयोगी सिद्ध हुने मन्त्री श्रेष्ठले बताउनुभयो । कभर्ड हल नौ महिनाभित्र सम्पन्न हुनेछ ।