नेपाल टेलिकमको संविधान दिवस आफर : ९८  रुपयाँमा ६ जीबी डाटा प्याक

नेपाल टेलिकमको संविधान दिवस आफर : ९८  रुपयाँमा ६ जीबी डाटा प्याक

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २, २०७९

काठमाडौँ । नेपाल टेलिकमले  संविधान दिवस २०७९ असोज ३ को अबसर  पारेर एक आफर ल्याएको छ । 

नेपाल टेलिकम प्रवक्ता शोभन अधिकारी कम्पनीका ग्राहकहरूका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइस सहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ । 

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८  रुपयाँमा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । 

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु. २९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11#   डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने पनि कम्पनीले जनाएको छ भने   अफरबाट ग्राहकहरुले लाभ लिनु हुने अपेक्षा समेत राखेको छ ।