माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा करुण राज गिरी प्रथम

माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा करुण राज गिरी प्रथम

लोकसंवाद संवाददाता  |  शिक्षा  |  आश्विन २, २०७९

काभ्रे। भुम्लु गाउँपालिको शैक्षिक पात्रोमा उल्लेख भए बमोजिम यही असोज २ मा तय भएको वक्तृत्वकला प्रतियोगिताको भुम्लु शिक्षा शाखाले आज सम्पन्न गरेको छ।

वक्तृत्वकलामा भुम्लुका १० वटा माबिको सहभागी रहेको थियो। वक्तृत्वकला  दिगो विकासको लागि बालमैत्री संविधान शीर्षकमा रहेको थियो।

उक्त शीर्षकको वक्तृत्वकला मा  श्री सेती देबी माबि मा कक्षा ११ मा अध्यनरत छात्र करुण राज गिरी प्रथम , वनदेवी मा वि द्वितीय र सेती देवी मावि काभ्रे तृतीय भएका छन्।

बिजेताहरुलाई गाउँपालिका अध्यक्ष साथै शिक्षा शाखाको कर्मचारीहरुबाट खादा ओडाइ  प्रमाणपत्र बितरण बितरण गरेको थियो।