राजकुमार हिङमाङको 'उठौँ हामी सबै' बोलको  म्युजिक भिडियो सार्वजनिक (भिडियाेसहित)

राजकुमार हिङमाङको 'उठौँ हामी सबै' बोलको  म्युजिक भिडियो सार्वजनिक (भिडियाेसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन ३, २०७९

काठमाडौं ।  वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङको शव्द, संगीत र गायन रहेको नयाँ प्रगतिशील गीत 'उठौँ हामी सबै' बोलको  म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

थाहा यात्रा युट्युव च्यानलमार्फत शुक्रवार साँझ सार्वजनिक भएको यो गीत त्रिताल स्टुडियो काठमाडौंले उत्पादन गरेको हो । संगीत संयोजनमा शिवसङ्गम राई समेतको भुमिका रहेको गीतमा पार्वती राई, शिव संगम राई, मेनुका राई र राजकुमार हिङमाङको स्वर रहेको छ भने गीतको एरेन्ज/मिक्सको काम सुन्दर लामाले गर्नुभएको छ ।

गीतले वैज्ञानिक समाजवादी क्रान्ति यात्रामा सहभागी हुन महिलादेखि युवा–विद्यार्थी, मजदुर–किसान, दलित–जनजाती सबैलाई आव्हान गर्दै अन्याय, अत्याचार र बेथितीका बिरुद्ध सबै एकजुट भएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने भाव सिर्जना गरेको छ । संगै गीतले संसारभरिका सबै श्रमजीवीहरूलाई समेत श्रमिकहरुको आफ्नै व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागी एकजुट हुनुपर्ने कुरामा जोड दिएको छ ।

'उठौँ हामी सबै' बोलको म्युजिक भिडियो यहाँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ