डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाखृवासका सन्त बहादुर राना मगरले जिते नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाखृवासका सन्त बहादुर राना मगरले जिते नगद एक लाख

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ३, २०७९

ललितपुर । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद  एक लाख जित्ने अवसर पाउनुहुनेछ ।

यसै क्रममा पाखृवास न पा २ धनकुटा, फलाटेका सन्त बहादुर राना मगरले  एक लाख जित्नुभएको छ । भारद्वाज इन्टरप्राइजेज  डिलर अन्तरगत रहेको KDHAN-10 का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो ।

डिशहोमको तर्फ वाट सेल्स अफिसर मनोज रिजाल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । विजेता सन्त बहादुर राना मगरलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ