सिन्धुपाल्चोकमा लुटेराद्वारा एक महिला माथी छुरी प्रहार गरि लुटपाट

सिन्धुपाल्चोकमा लुटेराद्वारा एक महिला माथी छुरी प्रहार गरि लुटपाट

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  आश्विन ४, २०७९

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी १० हर्रे कि ३१ बर्षीय  करुणा तमाङलाई राती ११:३० बजे घरमा आइ छुरी प्रहार गरि  लुटपाट  गरी एक युवा फरार भएको परिवारले जनाएको छ । 

करुणाका भाइ सनिश तमाङको अनुसार सुतिरहेको बेला लुटपाट गर्नको लागि चोरले बाहिर रहेको मिटर अफ गरेर एक्कासी छुरी प्रहार गरेको र दिदीको छोरालाई पनि निर्घात कुटपिट गरेको बताउछन्। त्यसपछि चिच्याउँदा फरार रहेको बताए ।

चोरले एउटा मोबाइल सेट लगेको छ भने चोरको चप्पल त्यही छोडेर भागेको छ उक्त चप्पल महिलाको घरभन्दा ५०० मिटर नजिकको हिरामान तमाङ (माइला) भनिनेको हो र अहिले माइला फरार रहेको बताए।

पीडितलाई भने घटना हुनु लगत्तै धुलिखेल अस्पतालमा लगिएको र अहिले सम्म बोल्न नसकिरहेको बताइएको छ  उनले भोलि प्रहरी चौकी र  अपराध महाशाखा गइ जाहेरी दिने बताए।  घरमा दिदी र भान्जा मात्र रहेको र भिनाजु बिदेश भएको कारण मारेर  लुटपाट गर्न खोजेको उनले बताए।