अछाममा भालुको आक्रमण  प्रेम कडायत गम्भीर घाइते

अछाममा भालुको आक्रमण  प्रेम कडायत गम्भीर घाइते

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ४, २०७९

अछाम । अछाममा भालुको आक्रमण बाट एक जना पुरुष गम्भिर घाइते भएका छन् ।  घाइते हुनेमा साँफेबगर नगरपालिका १२ तुकागाउँ बस्ने ५८ बर्षका प्रेम कडायत रहेका छ्न।

वडा अध्यक्ष जनक बहादुर कडायतको अनुसार सोमबार दिउँसो गाउँ नजिकै जंगलमा बाख्रा चराएर  घर ल्याउने क्रममा भालुको आक्रमण बाट गम्भिर घाइते भएका हुन् ।

 उनलाई उपचारका लागि आफन्तले अछामको बयलपाटा अस्पतालमा लगे पनि त्यहाँ उपचार सम्भब नभएको भन्दै काठमाडौ रिफर गरिएको छ ।

घाइते प्रेमको टाउको गम्भिर चोट लागेको छ । टाउँको छाला निकालेको र उनको उपचार यहाँ नहुने भन्दै काठमाडौ पठाएको बयलपाटा अस्पतालका कर्मचारी दिपक बिष्टले बताएका छन् । 

धनगढी नेपालगञ्ज उपचार सम्भव नहुने अस्पतालले जनाएको छ । घरको एक्लो सदस्य रहेका प्रेमको उपचारमा आर्थिक अभाब भएको छ ।

प्रेमको आमा बुवा श्रीमती छोरा छोरी कोही छैनन्, उनि बाख्रा पालेर जिविकोपार्जन गरिरहेका थिए । परिवारका एक्लो उनी भालुको आक्रमण बाट घाइते भएपछि उनलाई उपचारमा समस्या भएको वडा अध्यक्ष जनकले वताए ।् अछाम बाट जसोतसो गरेर काठमाडौ पठाउने तयारी गरिरहेका छौ, तर काठमाडौमा उपचार गर्ने पैसा नभएको वडा अध्यक्षले बताएका छन् ।

साँझपख गाउँ नजिकै जंगलमा रहेका बाख्रालाई घर ल्याउने क्रममा एक्कासी भालुको आक्रमणमा परेका हुन् । आफन्तले प्रेमको उपचारमा सहयोग गर्न सबैलाई अपिल गरेका छन् । अछाम र बाजुरामा बर्षेनी भालुको आक्रमण बाट घाइते हुने गरेका छन् ।

यसलाई नियन्त्रण गर्न स्थानीय सरकारलाई केही पहल कदमी गर्न आग्रह गरेका छन्।