अछामका जनमुक्ति सेनाका पूर्व कमाण्डर खोलामा मृतावस्थामा फेला

अछामका जनमुक्ति सेनाका पूर्व कमाण्डर खोलामा मृतावस्थामा फेला

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ४, २०७९

अछाम । मंगलबार सुदूरपश्चिम  अछाममा जिल्लाको कमल बजार नगरपालिको वडा न। ६ को बुदेखोलामा एक जनाको शव मृत अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार कमलवजार नगरपालिका वडा नं.–६ बीरपथ किम्तोलाका ४९ वर्षीय जगत शाही ‘मिलन’ भनिने दीप्तप्रकाश शाहीको शव सोही वडाको स्थानीय बुँदे खोलामा फेला परेको हो । 

शाहीका परिवारिक श्रोतका अनुसार उनी मंगलवार विहान करिव ५ वजे स्थानीय गैरीटाँड बजार जान भनेर घरबाट निस्किएका थिए । 

शाहीको शव उनको घरदेखि करिव ३ शय मिटर पर बुँदेखोलामा विहान साढे ११ बजे भेट्टिएको हो ।

शाही जनमुक्ति सेनामा पूर्व कमाण्डर समेत हुन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।