समाजवादी प्रेस संगठन बाँकेमा लोक नाथ शर्मा

समाजवादी प्रेस संगठन बाँकेमा लोक नाथ शर्मा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ४, २०७९

बाँके ।  समाजवादी प्रेस संगठन बाँके शाखाले आफ्नो दोस्रो विस्तारित वैठक राखि संगठन लाई चुस्त ,दुरुस्त राख्दै आफ्नो संगठन  विस्तार गर्ने  निर्णय गरेको छ।

विस्तारित बैठकलाई सम्वोधन गर्दै  नेकपा एकीकृत समाजवादी पाटि केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले  समाजवादी प्रेस संगठन छोटो समयमै केन्द्र, सातै प्रदेश केही जिल्ला वाहेक सवै जिल्ला आफ्नो संगठन  विस्तार गर्ने सफल भएको बताउदै,संगठन मा भएका आफ्ना सदस्य साथीहरू दत्तचित्त ,लगनशील ,र क्रियाशिल भए र लाग्न समेत निर्देश  दिए।

सोहि अवसरमा  अर्यालले बाँके अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ शर्मालाई संगठको सदस्यता दिदै संगठन विस्तार तथा सदस्य वितरण कार्यक्रमको सुरुवात गरेका थिए

सोहि अवसरमा केन्द्रीय सदस्य तथा बाँके ईन्चार्ज अशोक कोइराले आउने आसन्न निर्वाचन मा पाटीलाई विजयी गराउँने गरि आफ्नो आफ्नो भुगोलमा खटेर लाग्न सम्पूर्ण पत्रकार साथीहरू निर्देश दिदै पत्रकार साथीहरूलाई पार्टीवाट दिन सक्ने अवसर,पत्रकार का  समस्या समाधानमा पाटि सधैं  साथमा रहेको वताए ।

रिक्त  रहेका पदपुर्ति गर्दै  लोक नाथ शर्माको अध्यक्ष मा ३१ सदस्यीय समाजवादी  प्रेस संगठन बाँके शाखा विस्तार समेत  गरेको छ।कार्यक्रममा  नेकपा एस बर्दिया उपाध्यक्ष दिलवहादुर क्षेत्री ,सचिव इन्द्रबहादुर रावल ,बाँके उपाध्यक्ष भद्र देवकोटा,लगाएतको उपस्थित रहेको थियोे ।लोकनाथ शर्माको अध्यक्षता भएको कार्यक्रमको संचालन पाटि प्रचार विभाग सचिव  कुशल दलामीले गरेका थिए।