भुम्लुस्थित सापिङको सडक गाउँपालिकाका पदाधिकारीको बेवास्ताको शिकार

भुम्लुस्थित सापिङको सडक गाउँपालिकाका पदाधिकारीको बेवास्ताको शिकार

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ५, २०७९

 काभ्रे। भुम्लु गाउँपालिकाको सापिङ वडा अहिले सडक मर्मत न हुनाले स्थानीयहरु कष्टकर यात्रा गर्न बाध्य  छन् ।

स्थानीयका अनुसार सापिङको गणेश प्रबिमा जाने विद्यार्थीहरु अहिले निकै कष्टकर हिड्न बाध्यता छ । 

सापिङका आरान टोल रिठ्ठे क्षेत्रका सडकहरु बर्षाद्को कारण मर्मत नहुनाले सडक बिग्रिएर लथालिङ्ग भएको छ । स्थानिय साथै विद्यार्थीहरुलाई जोखिमपूर्ण अवस्था रहेको छ

सवारीसाधन गाडी मोटरसाइकल एम्बुलेन्स चल्ने अवस्था छैन जनताहरु पैदल कष्टकर यात्रा गर्न बाध्य भएको छ। स्थानीयहरु अहिले निराश हुदै टाउकोमा हात लगाउनु बाहेक केही सीप लागेन।

खै भोट अघि त के के न गर्छु भनेर चिप्ला कुरा गर्नु हुन्थ्यो अहिले यी यसरी हिड्नु पर्या छ यताको बाटोलाई वास्ता नै गर्दैनन् स्थानीय रामचन्द्र गिरीले बताउनुभयो।