कुमारी बैंक : एक नयाँ शाखा र  १० एक्सटेन्सन काउण्टर सञ्चालनमा

कुमारी बैंक : एक नयाँ शाखा र  १० एक्सटेन्सन काउण्टर सञ्चालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ६, २०७९

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल बिस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र तल उल्लेखित एक्सटेन्सन काउण्टरहरू सुचारु गरेको बैकले जानकारी दिएको छ । 

बैंकद्वारा जारी विज्ञप्ति अनसार देशका विभिन्न १० ठाउँमा सञ्जाल बिस्तार गरेकाे छ । यसरी बिस्तार गरिएका सञ्जालहरु यस प्रकार रहेका छन् । 

१ बल्खु एक्सटेन्सन काउण्टर- काठमाण्डौं महानगरपालिका वार्ड नं. १४,बल्खु, काठमाडौँ
२ इन्द्रायणी एक्सटेन्सन काउण्टर-शंखारापुर नगरपालिका वार्ड नं. ९ इन्द्रायणी,  काठमाडौँ
३ गैरीगाउँ एक्सटेन्सन काउण्टर- नागर्जुन नगरपालिका वार्ड नं. ३ , गैरी गाँउ,  काठमाडौँ
४ झोर एक्सटेन्सन काउण्टर- टोखा नगरपालिका वार्ड नं.  १, झोर,काठमाडौँ
५ आरुवारी एक्सटेन्सन काउण्टर- गोकर्णेश्वर नगरपालिका वार्ड नं. ९, आरुवारी, काठमाडौँ
६ नेकोसेरा एक्सटेन्सन काउण्टर-मध्यपुर थिमी नगरपालिका वार्ड नं. ९ निर्पुर, नेकोसेरा , भक्तपुर
७ जैसिदेवल एक्सटेन्सन काउण्टर- काठमाण्डौं  महानगरपालिका वार्ड नं.२३ , जैसिदेवल,  काठमाडौँ
८ आरआरएम क्याम्पस एक्सटेन्सन काउण्टर- जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. १२ जनकपुरधाम, धनुषा
९ महाराजगंज एक्सटेन्सन काउण्टर - काठमाण्डौं  महानगरपालिका वार्ड नं. ३, महाराजगंज, काठमाडौँ
१० छाउनी एक्सटेन्सन काउण्टर- काठमाण्डौं, महानगरपालिका वार्ड नं. १५, छाउनी, काठमाडौँ

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा  ५३ शाखारहित बैंकिङ्ग इकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ  र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता समेत बैंकले जनाएको छ ।