सम्पादक खड्कासहित पत्रकारहरुलाई प्रेस काउन्सिल पुरस्कार प्रदान

सम्पादक खड्कासहित पत्रकारहरुलाई प्रेस काउन्सिल पुरस्कार प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ६, २०७९

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालले यस वर्ष घोषणा गरेका विभिन्न पुरस्कार आज शीतल निवासमा आयोजित एक समारोहमा प्रदान गर्नुभयो ।

सो समारोहमा यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार हरिबहादुर थापा र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ अर्का वरिष्ठ पत्रकार माधव विद्रोहीलाई प्रदान गरिएको थियो ।

त्यसैगरी यस वर्षको ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ लोकसंवाद  डटकमका सम्पादक भूपराज खड्का लाई प्रदान गरिएको छ । उहाँसँगै पत्रकारहरु एकराज पाठक, दामोदरप्रसाद दवाडी, विमल योगी, मनोज जोशी, पुस्कर बुढाथोकी,  कृष्ण केसी, निशा ओली, श्यामनाथ कुँवर र सुरेश धामीलाई सो पुरस्कार प्रदान गरिएको थियो । प्रेस काउन्सिल क्रियाशील सशक्त सञ्चारकर्मी पुरस्कार’ सुरेन्द्र काफ्ले, डिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारी प्रदान गरिएको थियो ।

 सो समारोहमा ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ टेकराज थामी र ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ मायामितु न्यौपाने, ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ केशरराज क्षेत्री,  रवीन्द्र काफ्ले, दशरथ घिमिरे, प्रदीप परियार, महेश केसी, डिबी बुढा, शम्भु दङ्गाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, राजेन्द्र धामी, हिमाकुमारी चेम्जोङ र मकर श्रेष्ठलाई प्रदान गरिएकोे छ । 

त्यसैगरी प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार सञ्चिता घिमिरे, रमा केसी, शारदा गैरे र सरिता ज्ञवालीलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार हेमबहादुर (कमल) राना, अजय गोर्खाली र प्रवीणकुमार शर्मालाई प्रदान गरिएको छ । प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार जीवनकुमार पराजुली, आनन्द श्रेष्ठ र विजयरत्न तुलाधरले पाउनुभएको छ । 

त्यसैगरी यस वर्ष ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ काठमाडौँबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिएको छ । सो पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत लगायत उपस्थित हुनुहुन्थ्यो ।