मोदीको सपथग्रहण मे ३० मा, नेपालसँगै बिमस्टेकका कार्यकारी प्रमुखलाई निम्तो

मोदीको सपथग्रहण मे ३० मा, नेपालसँगै बिमस्टेकका कार्यकारी प्रमुखलाई निम्तो
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ १४, २०७६

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि आगामी मे ३० (बिहीबार) मा सपथ ग्रहण गर्दैछन् । मोदीले बिहीबार साँझ राष्ट्रपति कार्यक्रममा सपथ लिने भारतीय समाचार एजेन्सीले जनाएका छन् ।

बिमस्टेकका कार्यकारी प्रमुखलाई निम्तो

उक्त कार्यक्रमका लागि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)मा आवद्ध राष्ट्रका कार्यकारी प्रमुखलाई निम्तो पठाएको भारतीय समाचार एजेन्सीले जनाएका छन् । बिमस्टेकमा बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड, नेपाल र भारत छन् ।

विदेशी कार्यकारी प्रमुखलाई प्रमुखलाई गरिएका निम्तोमध्ये सबैभन्दा अगाडि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण ‘कन्फर्म’ गरेको भारतीय पत्रिका ‘बिजनेस स्ट्यान्डर्ड’को अनलाइन संस्करणले जनाएको छ । पत्रिकाका अनुसार प्रधानमन्त्री ओली बिहीबार नै त्यसतर्फ जानेछन् ।

सपथ ग्रहणमा किर्गिस्थान र मोरिससका कार्यकारी प्रमुखको पनि सहभागिता हुने बताइएको छ ।