उपन्यासकार भारतीलाई स्रष्टा साँझ अमेरिकाद्वारा सम्मान पत्र प्रदान

उपन्यासकार भारतीलाई  स्रष्टा साँझ अमेरिकाद्वारा सम्मान पत्र प्रदान

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन ६, २०७९

काठमाण्डौ । स्रष्टा साँझ अमेरिकाले उपन्यास समाज नेपालका अध्यक्ष एवं वरिष्ठ उपन्यासकार शंकर भारतीलाई उपन्यास सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन उल्लेखनीय योगदान गरे बापत सम्मान पत्र प्रदान गरेको छ । सेप्टेम्बर ४ मा भएको स्रष्टा साँझ अमेरिकाको पाँचौँ वार्षिकोत्सको अवसरमा  सम्मान पत्र प्रदान गर्ने घोषणा गरिएको थियो । 

अभिव्यक्ति भेटघाट कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा तथा वरिष्ठ साहित्यकारहरूको समुपस्थितिमा स्रष्टा साँझ अमेरिकाको तर्फबाट वरिष्ठ पत्रकार तथा साहित्यकार तारा बरालले सम्मान पत्र भारतीलाई हस्तान्तरण गर्नु भएको थियो । 

कार्यक्रममा स्रष्टा साँझ अमेरिकाकी कार्यकारी सदस्य  बिटु केसीले  उपस्थित साहित्यकारहरूलाई सम्मान पत्र पढेर सुनाउनु भएको थियो ।

स्रष्टा साँझ अमेरिकाकाे कार्यकारी सदस्य तथा संस्थाको तर्फबाट नेपाल कोअर्डिनेटर पवन कुमार बुढाथोकीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।