डिशहोम फाइबरनेटको 'उत्सव फाइबरनेट' अफर सार्वजनिक

डिशहोम फाइबरनेटको 'उत्सव फाइबरनेट' अफर सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ७, २०७९

लिलतपुर । फाइबरनेटका ग्राहकहरूका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाइबरनेटले, नयाँ ब्यान्डविथ को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट  प्याकेजहरु 'उत्सव फाइबरनेट' मा ल्याएको  जनाएको छ । 

डिशहोम फाइबरनेट 'उत्सव फाइबरनेट'  अफरले मात्र  ८७० रुपैयाँमा  प्रति महिना पर्ने २०० एमबीपीएस को ईन्टरनेट प्याकेज दिनेछ ।  त्यस्तै प्रति महिना ५९५रुपैयाँमा  ७५ एमबीपीएस, ६८७ रुपैयाँमा  १०० एमबीपीएस ,  ८२४  रुपैयाँमा  १५० एमबीपीएस  र  ९१६  रुपैयाँमा   २५० एमबीपीएस  का प्याकेजहरु उपलब्ध रहेको डिसहोमले जनाएको  छ ।   

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले छन् 5G डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउनुका साथै साथै इन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले  २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टि.भी -IPTVको सेवा पनि लिन पाउने कुरा जनाइएको छ । 
उल्लासमय 'उत्सव फाइबरनेट' अफर को लाभ उठाउन नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न समेत आब्हान गरिएको छ ।