कुमारी बैंकको '११ प्रतिशत केबिएल डिबेन्चर २०८९' को तीन लाख कित्ता ऋणपत्रको निष्काशन

कुमारी बैंकको '११ प्रतिशत केबिएल डिबेन्चर २०८९' को तीन लाख कित्ता ऋणपत्रको निष्काशन

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ७, २०७९

काठमाडौँ । कुमारी बैंक लिमिटेडले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको '११ प्रतिशत केबिएल डिबेन्चर २०८९' को १,००० रुपयाँ अंकित दरको ३०,००,००० कित्ता ऋणपत्रको निष्काशन गरेकोे  जनाएको छ । 

उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशन बाट बिक्री गरिने भएको थियो । 

सर्वसाधारण नेपालीको लागि २०७९/०५/१७ गते देखि  २०७९/०५/३१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको जनाएको छ । व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबर को आवेदन प्राप्त भएको हुँदा, रित पूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई मिति २०७९/०६/०७ गते शुक्रबारका दिन ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।