पर्यटनमन्त्री श्रेष्ठद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट

पर्यटनमन्त्री श्रेष्ठद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ७, २०७९

 काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ललितपुरको बखुम्व हालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रवन्ध गर्ने प्रतिवद्धता जनाउनुभयो । 

मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद भवनको समेत अवलोकन गर्नुभयो । परिषदको भवनमा जोशीले संकलन गर्नुभएका मुद्रा, टिकट, किताब लगायत सामग्री राखिएको छ । साथै उहाँले भवनको तेस्रो तलामा रहेको 'चक्रसंवर' को पौभाः चित्र समेत अवलोकन गरी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । 

पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत हुनुभएको थियो । वि।सं। १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका जोशी उमेरले १ सय ३ बर्ष पुगि सक्नुभएको छ ।