शिक्षकले दाइजो लिन नमानेपछि

शिक्षकले दाइजो लिन नमानेपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १४, २०७६

नेपालमा दाइजोमा यति नगद यति जिन्सी र अन्य सूची पेश गर्ने गरेको सुनिन्छ । पढेलेखेका, ठालू र समाजमा उच्च हैसियत भएका भनिएकाहरु पनि दाइजो मोहबाट ग्रसित छन् ।

दाइजो नदिएको झोकमा हुने गरेका हिंसा, कुटपिट, यातना र हत्याको लामो श्रृंखला नै छ । तर यतिखेर भारत पश्चिम बंगालका एक शिक्षक दाइजो लिन नमानेका कारण चर्चामा छन् ।

शिक्षक सूर्यकांत बरीक चर्चामा यसकारण कि उनले दाइजो लिन नमाने पछि उनको ससुराली पक्षले उनलाई विवाहमा एक हजार किताब दाइजो स्वरुप उपहार दिएका छन् । 

काठमाडौं, एजेन्सी । विवाहको कुरा चलेपछि पश्चिम बंगालका एक शिक्षक सूर्यकांत बरीकले आफूले दाइजो नलिने प्रस्ताव ससुराली पक्षसँग राखेका थिए । तर उनी त्यसबखत अचम्ममा परे जब उनले दाइजो स्वरुप एक लाख मूल्य बराबरको किताब विवाह म‌‌‌ण्डपम देखे । विवाहको दिन एक हजार थान किताब देखेपछि उनी आश्चर्य चकित भएका थिए । 

सूर्यकांतको विवाह पूर्वी मिदनापुरको प्रियंका बेजसँग भएको हो । सूर्यकांतका अनुसार जब विवाहको दिन उनी विवाह मंडपमा पुगे त्यहाँ राखिएको एक हजार किताब देखेर उनी खुशिले झण्डै चिच्याएका थिए । उनको श्रीमती प्रियंका पनि किताब पढ्नमा शौखिन छिन् । 

प्रियंकाका अनुसार, उनी दाइजोको खिलाफ छिन । दाइजो दिएर गरिने विवाह उनको रुची भित्र पर्दैन ।

मलाई यो कुरामा खुशि लागेको छ कि म जस्तै मेरा पति पनि दाइजो परम्पराको विरोधी हुन् । हामी दुबैजना किताब पढ्नमा शौखिन छौं । शायद यही कुरोलाई बुझेर होला माइती पक्षले उपहारमा किताब दिएका रहेछन् । म यो कुराले खुशी छु । 

रबींद्रनाथ टैगोर, बंकिम चंद्र चैटर्जी तथा शरत चंद्र चटोपाध्याय जस्ता भारतका प्रख्यात बंगाली लेखकका किताबहरु उनीहरुले दाइजोमा प्राप्त गरेका छन् । कोलकाता कलेज स्ट्रीट तथा उद्बोधन कार्यालयबाट यी किताब खरीद गरिएका हुन् । पुस्तक रामकृष्ण मठ प्रकाशन कंपनीका हुन् । 

विवाहमा आमन्त्रित पाहुनालाई पनि फूल वा किताब उपहारका रुपमा प्रदान गर्न सकिने तथा नगद उपहार नल्याउन अनुरोध गरिएको थियो ।