विश्वकप क्रिकेट २०१९ : सात नयाँ नियमले प्रतियोगिता रोचक

विश्वकप क्रिकेट २०१९ : सात नयाँ नियमले प्रतियोगिता रोचक

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १४, २०७६

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता आगामी बिहीबारदेखि इग्ल्याण्ड तथा वेल्समा सुरु हुँदैछ । विश्वकप प्रतियोगितामा पहिलो पटक सात  नियम लागू हुँदैछन् । यसका कारण यो प्रतियोगिता पछिल्लो संस्करणभन्दा रोचक हुने कतिपयको दाबी छ । यद्यपि, यी नियम यसअघि नै लागू भइरहेका छन् ।

यी नियम यसप्रकार छन् ।

‘गलत व्यवहार’ले खेलाडी सस्पेन्ड

आइसिसीको यो नियम अनुसार अब खेलाडीले गलत व्यवहार देखाए पूरै खेलमा सस्पेन्ड हुन सक्छन् । यदि अम्पायरलाई कुनै खेलाडीले खेल दौरान विपक्षी टिमका खेलाडीसँग जानाजान भिडेको वा लडाइँ गरेको लागेमा उक्त खेलाडीलाई अम्पायरले पूरै खेलमा सस्पेन्ड गर्न सक्छन् ।
यो नियम सन् २०१७ मा लागू भएको थियो । अब यो नियम विश्वकपमा लागू हुँदैछ ।

ब्याट क्रिजभित्र हावामा हुँदा बल स्टम्पमा लागे नट आउट

कुनै खेलाडी रन लिने क्रममा उसको ब्याट क्रिजभित्र भुई नछोएको अवस्थामा बल स्टम्पमा लागे ब्याट्सम्यान रन आउट हुने छैन ।
यसअघि यो अवस्थामा खेलाडीलाई अउाट दिने गरिन्थ्यो ।

ब्याटको साइज मापदण्ड

यो पटक ब्याटको चौडाइ तथा मोटाइ तय गरिएको छ । चालू प्रतियोगितामा ब्याट्सम्यानले प्रयोग गर्ने ब्याटको चौडाइ १०८ मिमी, मोटाइ ६७ मिमी तथा कर्नरमा ४० मिमी हुनुपर्नेछ ।

लगातार दुई बाउन्सलाई नो बल दिइने

खेलको दौरान यदि कुनै बलरले लगातार दुई पटक बाउन्स फाले त्यसलाई नो बल दिइनेछ । यसअघि यो नियम थिए । नो बलमा ब्याट्सम्यानले फ्रि हिट पाउनेछन् ।

हेलमेटबाट हुन सक्छ आउट !

यो नियम अनुसार, यदि कुनै ब्याट्सम्यानले खेलेको सट फिल्डरको हेल्मेटमा लागेर क्याच हुन्छ भने आउट दिइनेछ ।

नो बल, बाई-लेग बाईको रन अलग जोडिने

यसअघि बलरले नो बल फ्याक्दा पाइएको बाई वा लेग बाई नो बलमा जोडिन्थ्यो । तर, अब नो बलको रन अलग तथा बाई र लेग बाईको रन अलग जोडिनेछ ।

रिभ्यु सेफ हुने

कुनै टिमले डिसिजन रिभ्यु सिस्टम (डिआरएस) लिएको अवस्थामा अम्पायरको फैसला कायम रहन्छ भने यो अवस्थामा टिमको रिभ्यु सुरक्षित रहनेछ ।

यो समाचार एजेन्सीको सहयोगमा तयार पारिएको हो ।