पनौतीको अवैध खानीले स्थानीयको ज्यान जोखिममा: स्थानीयवासी त्रसित, नगरपालिका उदासीन

पनौतीको अवैध खानीले स्थानीयको ज्यान जोखिममा: स्थानीयवासी त्रसित, नगरपालिका उदासीन

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  आश्विन ९, २०७९

काभ्रेपलान्चोक जिल्लाको पनौती नगर पालिका वडा नं २ र १२मा सञ्चालनमा रहेको अबैध खानीहरूले कुन दिन स्थानीयहरुको ज्यान लाने हो भनी स्थानीयहरु त्रसित अवस्थामा दिन बिताउन स्थानीयहरु बाध्य छन् ।  अबैध रुपमा बनेका खानीहरूबाट खानी सञ्चालकहरु पैसा त कमाउ लान  तर कुन दिन स्थानीयहरुको ज्यान जाने हो भन्ने चाहि कुनै ठेगान छैन । 

स्थानीय टिकाराम आचार्यको अनुसार यी खानीहरूले कुनैपनि कोणबाट मापदण्ड पूरा नगरेको पाइएको छ। जसका कारण स्थानीय बासिन्दा देखि , प्रकृतिमा समेत ठुलो प्रभाव परिरहेको छ ।

साबिक ६ नयाँ गाउँका जनतामा सधै एक किसिमको  त्रासमा बाच्नु परिरहेको छ ।  रोसी खोला खोला नभएर कुलोमा परिणत भएको आचार्यको निश्कर्ष छ ।  यी तमाम बिषयमा  वडा कार्यालय देखि नगरपालिका उदासिन भएर बसेको  आचार्यको निश्कर्ष छ ।

यदि यी उद्योगहरु यसरी नै अबैध रुपमा सञ्चालन भइरहेन हाे भने  बैरामा देब माथिको बजगाईं टोल माथिल्लो आचार्य बस्ति चाँडै पैरोको चपेटामा पर्ने सम्भावना रहेको छ । 

बस्ति छेउमा रहेको श्री फुलचोकी निमाविको भविष्य नै संकटमा  पर्ने  सम्भावना रहेको छ । बैरागीश्वर महादेवको मन्दिर पुरै प्रभावित  भैरहेको छ भने  रोसी खोला भरि ग्रावेल माटोले भरिएको अवस्था छ । यदि यस्तै अवस्था रहि  रहे कुन दिन सुन्दर नगरी पनौती बगरमा रुपान्तरण हुने हो कुनै ठेगान नभएको स्थानीय हस्त तामाङको भनाइछ । 

आज सजिलो भनेको यदि  सबै मानिसले नयाँ  गाउँ देखि पनौतीसम्म हुने असर जोखिम र भोलि हुन सक्ने सम्भावित जोखिमलाई सही मुल्यांकन गरी आत्मा साथ गरेर सबै मानिस एक हुने हो भने तीन दीनमा बन्द गर्न सकिन्छ तर बिडम्बना यहाँ खानी सञ्चालकहरुको डरले एक जुट हुन सकि रहेका  छैनन् ।

 अर्का स्थानीय जयराम आचार्य भन्नुहुन्छ- हुन त जायज कुरा गर्यो भने ठुला कुरा गर्यो भन्ने मानिस हरुको जमात बढी हुन्छ । यी  कुनै पनि हिसाब बाट मापदन्ड नपुगेका खानीहरु स्थानीय  सरकारले चाह्यो  भने एक हप्ता भित्र बन्द गराउन सक्छ तर  किन चाहँदैन सम्बन्धित निकायले  समयमा नै जवाफ दिनुपर्छ । 

उनी थप आक्रोश हुँदै भन्छन् - आज सजिलो भनेको यदि  सबै मानिसले नयाँ  गाउँ देखि पनौतीसम्म हुने असर जोखिम र भोलि हुन सक्ने सम्भावित जोखिमलाई सही मुल्यांकन गरी आत्मा साथ गरेर सबै मानिस एक हुने हो भने तीन दीनमा बन्द गर्न सकिन्छ तर बिडम्बना यहाँ खानी सञ्चालकहरुको डरले एक जुट हुन सकि रहेका  छैनन् ।

त्यसैले माफियाले पेल्छन् खोलालाई कुलो बनाइ दिन्छन  बाटोमा पैरो लडाइ दिन्छन पैरो बाट गाडी गुड्छ मान्छे मर्छ तर कसैलाई मतलब  छैन। स्थानीयहरुले अबैध खानी बन्द गराउन सम्बन्धित निकायलाई  ध्यानाकर्षण गराएका छन्।