डिशहोम फाइबर नेटको 'खुशीको साथी'  नयाँ योजना सार्वजनिक

डिशहोम फाइबर नेटको 'खुशीको साथी'  नयाँ योजना सार्वजनिक

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ९, २०७९

डिशहोम फाइबर नेटले नयाँ योजना 'खुशीको साथी'  सार्वजनिक गरेको जनाएको छ ।

खुशीको साथी अन्तर्गत ग्राहकहरुले मात्र  ४१,७३९ रुपयाँमा DHI Smart TV, 5G Dual Band Router सहित २५० Mbps फाइबर नेटको एक वर्षे subscription  साथै डिशहोम iTV को एक बर्षको subscription पनि प्राप्त गर्न सक्नेछन् ।

डिशहोम फाइबर नेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरुमा फैलिँदै ग्राहकहरुको मन जिती रहेको छ । त्यस्तै दिनानु लोकप्रियता बढिरहेको, iTV मा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरु जस्ता डिशहोम विशेष च्यानलहरु सहित २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सक्छन् । 

खुशीको साथी, अन्तर्गतको उत्कृष्ट  DHI Smart TV मा ग्राहकहरुले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्नेछन् ।

परिवारका हरेक सदस्यहरुको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरु समावेश गरि DHI Smart TV सहित यो योजना ल्याएको हो ।