नेपाल प्रज्ञा–प्रतिष्ठान : चन्द्रप्रसाद न्यौपानेको नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठान : चन्द्रप्रसाद न्यौपानेको नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन १०, २०७९

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्यरकाव्य) विभागको संयोजनमा महाकाव्यकार एवम् समीक्षक चन्द्रप्रसाद न्यौपानेले लेख्नुभएको ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ नामक कृतिको प्रकाशन  भएकोे छ । यस कृतिमा २३२ जना कविका प्रकाशित र केही अप्रकाशित समेत गरी ४३२ ओटा महाका व्यात्मक कृतिको अध्ययन गरिएको छ ।

प्रस्तुत कृतिमा पछिल्लो अध्ययनअनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ ९वि।सं १८२२० महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको  छ । यस क्रममा महाकाव्यको सिद्धान्त र नेपाली महाकाव्यको इतिहासका साथै नेपाली कवितामा शास्त्रीय छन्द प्रयोगको परम्परा र नेपाली महाकाव्यसम्बन्धी अन्य केही महत्त्वपूर्ण तथ्यहरू समेत दिइएको छ । अध्ययनका क्रममा पहिले कविको परिचय दिई त्यसपछि महाकाव्यको सङ्क्षिप्त विश्लेषण गरिएको छ । विश्लेषणका क्रममा विषयवस्तुका साथै संरचनागत पक्ष– सर्गगत, प्रकरणगत र छन्दगत विवरण समेत दिई यस कृतिलाई सूचनामूलक र उपयोगी बनाइएको छ । यस कृतिको प्रकाशनपछि नेपाली महाकाव्यका सम्बन्धमा एउटा महत्त्वपूर्ण सामग्री उपलब्ध भएकाले यसले महाकाव्यका विविध विषयमा जानकारी लिन चाहनेहरूलाई लाभान्वित तुल्याउने छ ।

नेपालीमा जे जति महाकाव्यहरू लेखिएका छन्, तिनको सकेसम्म खोजी गरी गहन अध्यन गरेर तिनमा रहेको भाव, विषयवस्तु एवम् सर्गगत र छन्दगत  अवस्थाको समग्र विवरण दिई यस कृतिका अनुसन्धाता चन्द्रप्रसाद न्यौपानेले निकै ठुलो श्रमसाध्य काम गर्नुभएको छ । यस कृतिबाट नेपाली महाकाव्यका पाठकहरू अवश्य पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । ९३६ पृष्ठ रहेको यस कृतिको मूल्य  १०५५ रहेको छ । पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्षमा उपलब्ध छ ।