४ वर्षदेखि सुनुवाइ नभएको  विद्युतको समस्या २४ घण्टामा समाधान !

४ वर्षदेखि सुनुवाइ नभएको  विद्युतको समस्या २४ घण्टामा समाधान !

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन १०, २०७९

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ लिसंखु का रहर काजी बिकले बिगत ११ बर्षदेखि विद्युतको पोल पाएका थिएनन् ।अघिल्लो वडाका प्रतिनिधिहरुलाई  बिगत ४ बर्ष देखी विद्युतको  खम्बा उपलब्ध गराउन माग गर्दै आएका थिए ।

तर उनको  पटक पटक पटकको  अनुरोध र गुनासो गर्दा पनि सम्बन्धित जन प्रतिनिधिहरुले 'एक घरलाई कहाँ पुर्‍याउन सक्छु एक घरलाई  खम्बा  दिन सकिदैन' भन्ने जवाफ दिने गरेका  थिए  । यो जवाफसँगै  विद्युत सेवाबाट बन्चित हुँदै आएका  थिए । 

बनाएको  रहर काजी बि।क बताउछन् ।
अहिले नयाँ नेतृत्व सहितको वडा अध्यक्ष  बिजय योञ्जनले भने  उक्त समस्यालाई  प्राधिकरणमा आफै गइ समस्याको समधान काजी बिकको समस्या गरिदिएको बताएका छन् ।  

अध्यक्ष योञ्जनका अनुसार रहर काजी बिक को घरमा बिगत ११ बर्ष देखी पोल नभएको र टाढा बाट कालो तार टाँगी बत्ती  ल्याउनुपर्ने समस्या रहेको बताउंछन् ।

तर आफुले भने यस्तो देख्ना साथ आफै प्राधिकरणमा गोइ २४ घण्टामा नै फलामे विद्युतको पोल ल्याइ गाडिदिएको उनी बताउछन् साथै ३र४ बर्ष सम्म पनि सुनुवाइ नभएको गुनासो आफुले २४ घन्टामा नै पूरा गरिदिएको दाबी समेत गरेका छन्।