अफगानिस्तानमा सुरक्षाकर्मीको सर्च अप्रेसन : १० आतंककारीको मृत्यु

अफगानिस्तानमा सुरक्षाकर्मीको सर्च अप्रेसन : १० आतंककारीको मृत्यु
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ १४, २०७६

काठमाडौं । अफगानिस्तानमा सुरक्षाकर्मीको सर्च अप्रेसनबाट १० आतंककारी मारिएका छन् । सर्च अप्रेसनका क्रममा भएको मुडभेडमा एक तालिवानी गर्भनरको ज्यान गएको छ । २०९ शाहीन पुलिसका अनुसार फरयाव प्रान्तको ख्वाजा साव पोश जिल्लामा तैनाथ तालिबानी गर्भनर ज्यान गएको हो । 

यसअघि गत फेब्रुअरीमा सेनाले पुल प्रान्तका तालिवानी अखडामा गरेको हमलामा २० आतंककारी मारिएका थिए । उक्त मुडमेडमा एक सैनिकको ज्यान समेत गएको थियो ।
प्रान्तीय सरकारका प्रवक्ताका अनुसार सेनाले फेबु्रअरी १२ मा आतंकवादीविरुद्ध अभियान सुरु गरेको थियो । उनले जिल्लाबाट आतंकवादीको सफाइ नगरुञ्जेल अभियान चलिरहने बताएका छन् ।

यसअघि कुन्दूज तथा बागलान प्रान्तमा तालिवान लडाकुले सुरक्षा चौकीमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा ४१ सुरक्षाकर्मीको ज्यान गएको थियो भने २० घाइते भएका थिए ।

कुन्दूज प्रान्तका उप प्रान्तीय परिषद्का प्रमुख सफी अमीरीका अनुसार तालिवान लडाकुले मध्य रात कुन्दूज सहरको बाहिरी इलाकामा रहेका सुरक्षा चौकीमा हमला गरेका थिए । यस हमलामा २७ सैनिक तथा ३ पुलिसको ज्यान गएको थियो । यस्तै १५ सुरक्षाकर्मी घाइते भएको खबर समाचार एजेन्सी एएनआइमा छ ।