रङरोगन, छारो र धुलोले ढाकेको दोलालघाटको पुलमा भुम्लुका जनप्रतिनिधिको आँखा

रङरोगन, छारो र धुलोले ढाकेको दोलालघाटको पुलमा भुम्लुका जनप्रतिनिधिको आँखा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १०, २०७९

काभ्रे  र  भुम्लु गाउँपालिका दोलालघाट भुम्लु कै पर्यटकीय हिसाबले एउटा छुट्टै सान रहेको छ। काभ्रेका प्राय सबै ठाउँबाट केन्द्रबिन्दु जस्तै भएको  दोलालघाटको पुल भने बर्षौ बर्ष देखि पुलको रङरोगन छारो र धुलोले ढाकेको भएको थियो।

 तर यसपाली भने दशैको सुरुवात सँगै पुलको रङरोगन गरिएको छ।अध्यक्ष प्रेम बहादुर भुजेल र उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा) ले उक्त रङ्ग रोकन गर्ने कार्यलाई आफू स्वयं उपस्थित भै गरेका हुन।  

अहिले भुम्लुबासीहरुले भने  नयाँ नेतृत्वको केहि आभास छुट्टै भएको भुम्लु बासी बिकास श्रेष्ठ बताउछन्।

अझ भुम्लु बासी कुशल पहारीले भने दशै नजिकिदैं गर्दा बाटो नभन्ने हो कि भनेर निराश भएको थियौ तर जे होस सिम्थली सम्म गाडी आइपुग्यो बाटो मर्मत भयो भन्दै गाउँपालिका प्रमुख उपप्रमुखलाई धन्यवाद सम्म दिएका छन्।

केही दिन अगाडि गा।पा प्रमुख उपप्रमुख सिलामे सडक अवलोकन गर्न पनि पुगेका थिए उक्त कार्यलाई  सापिङ भोटेटारको उमेश माझीले भने जनताको गुनासो प्रति चासो देखाएकोमा युवाको नेतृत्व छुट्टै हुँदोरहेछ। जे होस युवा नेतृत्वले चाहिएको खण्डमा केही गर्न सक्दो रहेछन् बताए।साथै अबका दिनहरुमा सडक, स्वास्थ र शिक्षालाई बढी ध्यान दिनको लागि जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन्।