खाडी मुलुकमा रोजगारीमा रहेका युवाको दुःख र वेदनामा आधारित दसैँ गीत सार्वजनिक (भिडियोसहित)

खाडी मुलुकमा रोजगारीमा रहेका युवाको दुःख र वेदनामा आधारित दसैँ गीत सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन १०, २०७९

लोकलयमा आधारित गीत गाएर श्रोता तथा दर्शकमाझ राम्रै परिचय कमाएका गायक जीतबहादुर खड्काले नेपालीहरूको महान् चाड बडा दसैँको अवसर पारेर ‘मौरी भुल्यो गुलियो रसैमा, कति बसौँ खाडीमा दुःख पाई मिले छुट्टी आउनेछु दसैँमा’ बोलको गीत सार्वजनिक गरिएको  छन् ।

गायिका पार्वती कार्कीका साथमा उनले युगल दसैँ गीत बजारमा ल्याएका हुन् । गीतको लिरिकल भिडियो मिन्सु इन्टरटेन्टमेन्टको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

खाडी मुलुकमा रोजगारीका लागि गएको एक युवाको दुःख र वेदनामा आधारित गीत गायक खड्काकै रचना तथा सङ्गीत रहेको छ । गीत काँठे लोकलयमा आधारित छ । गीतको सङ्गीत संयोजन विष्णु तामाङको रहेको छ ।    

‘मौरी भुल्यो गुलियो रसैमा, कति बसौँ खाडीमा दुःख पाई मिले छुट्टी आउनेछु दसैँमा’ बोलको गीत यहाँ क्लिक गरेर सुन्न सकिन्छ