बनेपामा राँगा भैसी काट्ने ठाउँ फोहोर र अव्यवस्थित : उपभोक्ताहरु माटो लतपतिएको मासु खान बाध्य

बनेपामा राँगा भैसी काट्ने ठाउँ फोहोर र अव्यवस्थित : उपभोक्ताहरु माटो लतपतिएको मासु खान बाध्य

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  आश्विन ११, २०७९

 काभ्रेपलान्चोक  जिल्लाको बनेपामा राँगा,  भैँसी काट्ने पसल लगायतका ३३ वटा पसलहरूको स्तरीय बजार  अनुगमन समिति, नगर स्तरीय बजार अनुगमन समिति तथा सरोकारवाला निकायहरुको सहभागितामा  अनुगमन गरिएको छ ।

अनुगमनका गर्ने  क्रममा उपभोक्ताहरुले खाने मासुमा  भैँसी तथा राँगा काट्ने स्थान फोहोर र अव्यवस्थित  भएको अनुगमन समितिले निस्कर्ष निकालेको छन।

‘हरेक वर्ष नीजि रुपमा संचालन भएका राँगा भैंसी काट्ने ठाउँहरुमा  सुधारका लागि सुझाव दिदै आएका थियौं’–जिल्ला स्तरीय बजार अनुगमन समितिका संयोजक समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारका अनुसार पटक पटक सुधार गर्न भने पनी ‘उहाँहरु सुध्रने भन्दा दिएको निर्देशन अटेर गरेर बसिरहेको देखिएको छ ।

पशुहरु काट्दा   अपनाउनु पर्ने स्वास्थ्यका मापदण्ड पालना नगरेको, जिउँदा पशुहरु बाँधेको स्थानमा काटिएको मासुका थुप्राहरू राखेको, राँगा भैंसी काट्ने  स्थान पनि फोहोर भएको, मासु निर्यात गर्दा खुल्ला छारोछुलोमै  गरिएको फेला परेको छ ।’

नगर स्तरीय अनुगमन समितिका संयोजक बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले बजार स्वस्थ राख्न उत्पादित सामानहरु नै स्वस्थ बनाउनु पर्ने बताउँदै बनेपा नगरपालिका वडा नम्वर ९ मा रहेका राँगा भैंसी काट्ने ठाउँ  आवश्यक कानूनी प्रकृया पुरा गरी उपभोक्ताहरुको गुणस्तरमा ध्यान दिने गरी निर्देशन दिएको बताउनु भयो ।

बद्यशालाका संचालक र माछा र मासु पसलका सञ्चालकहरुलाई भेटेरिनरी अस्पतालमा आयोजित छलफल कार्यक्रममा कानूनी प्रकृया र सजायँ, मापदण्ड पालना तथा दण्ड जरिवनाको बारेमा जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले बताउनु भयो । ब्यवसायीहरु मध्ये केहीलाई अनुगमनका क्रममा जरिवाना तोकिएको उहाँले बताउनु भयो ।

बनेपामा गरिएको अनुगमनका क्रममा ७ वटा मासु पसल, माछा मासु पसल ३ वटा, राँगा तथा भैँसी काट्ने पसल ७ वटा, खाद्यान्न पसल ९ वटा, होटल ४ वटा, फेन्सी पसल १ वटा, तरकारी पसल २ वटा गरी ३३ वटा पसल अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा किराना पसलमा केराउमा मुसा मार्ने औषधी फेला परेको थियो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी तथा काभ्रे उद्योग बाणिज्य संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।