लोकसंवाद समाचार प्रभाव : दुई वर्ष  बेवारिसे गणेश मन्दिर निर्माण सम्पन्न, रङरोगन हुन बाँकी

लोकसंवाद समाचार प्रभाव : दुई वर्ष  बेवारिसे गणेश मन्दिर निर्माण सम्पन्न, रङरोगन हुन बाँकी

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ११, २०७९

काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर १ को सापिङ स्थित रहेको गणेश मन्दिरको निर्माण सम्पन्न भएको छ। बिगतमा उपभोक्ता समितिको धाराप्रवाहले गर्दा २ बर्ष सम्म बन्न नसकेको स्थानीयको आरोप थियो भने 

उता उपभोक्ता समितिको अध्यक्ष रेशम तमाङले भने कोरोनाले गर्दा ढिलो भएको जानकारी दिएका थिए।

बिबिध समाजिक सञ्जाल तथा  लोकसंवाद डटकम (काभ्रेको भुम्लुस्थित मूलखर्कमा निर्माणाधिन गणेश मन्दिरको बजेटमा उपभोक्ता सीमितको रजाइँ) लगायतका सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि हाल नयाँ नेतृत्वको स्थानिय सरकार गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तमाङ साथै पालिका प्रशासनबाट अनुगमन भएसँगै निर्माण सम्पन्न भएको हो । 

उक्त अनुगमन गरे लगत्तै झन्डै साँढे २ बर्ष जति बेवारिसे अवस्थामा रहेको गणेश मन्दिरको  अहिले निर्माण सम्पन्न  सम्पन्न गरि  गणेशको मूर्ति स्थापना पनि राखिएको गापा उपाध्यक्ष जिन्द्रमान तमाङ (दावा)ले बताउनु भयो।

स्थानीय तारा बहादुर कुँवरको अनुसार मन्दिर पुर्णरुपमा सकिएको भए पनि पनि रङरोगन गर्न बाँकी रहेको बताएका छन् ।