दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकद्वारा ७ लाख रुपैँया हस्तान्तरण

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकद्वारा ७ लाख रुपैँया हस्तान्तरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १२, २०७९

काठमाडौँ ।  दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपाल लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ । 

मेगा बैकका प्रमुख सूचना अधिकारी  तुल्सीराम पोखरेल अनुसार  ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बिराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ । 

मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चार आलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोल्नुभएको थियो । २०७८ सालमा सवारी दुर्घटनामा परी उहाँको निधन भएको थियो । मेगा बैकले तलबी खातामा बीमा सुबिधा प्रदान गर्दै आएको बैकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताउनु भयो ।

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको छ । ग्राहक र उहाँहरुका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैंकले ग्राहकहरुका लागि यो योजना ल्याएको हो ।