चर्च भित्रको दुरूहको लोकसंवाद समाचार : कुरा नमिल्दा 'समाचार' मिल्नसाथ हटाउने निर्णय !

चर्च भित्रको दुरूहको लोकसंवाद समाचार : कुरा नमिल्दा 'समाचार' मिल्नसाथ हटाउने निर्णय !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १३, २०७९

ललितपुर। धर्मको आडमा समाज सेवा गर्ने नाममा अकुत सम्पति कमाउन प्रतिस्पर्धा गर्नेहरुका बीचमा  भागबण्डा नमिले पछि सञ्चार माध्यममा अनियमितता भएको समाचार उपलब्ध गराउने र समाचार प्रकाशन भए पछि बसेर भागबण्डा मिलेपछि आरोपित र आरोप कर्ता  बीच समाचार प्रकाशित अनलाइनबाट समाचार हटाउने अनौठो  प्रचलन शुरु भएकाे  छ । 

यस्तै प्रचलनको सुरुवात  ललितपुर जिल्लाको कुपण्डोलमा  संचालित  'नवजीवन एजि चर्च' का पाष्टर सुमन गुरुङ (सोम बहादुर) तथा श्रीमती हन्ना गुरुङ र सोही चर्चका बलराम अधिकारी बीच यस्तै अनलाइनबाट समाचार हटाउने अनौठो सहमति भएको हो । 

'नवजीवन एजि चर्च' का पाष्टर सुमन गुरुङ (सोम बहादुर) तथा श्रीमती हन्ना गुरुङले  दशांस भेटी, स्व इच्छा भेटी , मुठि दान, मिसन भेटि, भूकम्प पीडित  र कोरोना  राहतमा भएकाे  अनियमितताका सम्बन्धमा लोकसंवाद डटकमले  २०७९ असोज ११ गते म‌ंगलबार 'चर्च भित्रको दुरूह : भूकम्प पीडित  र कोरोना  राहतमा पाष्टर सुमन गुरुङको रजाइँ !'  शीर्षकमा समाचार प्रकाशन गरेकाे  थियो । 

समाचार प्रकाशन भएको भोलीपल्ट अर्थात २०७९ असोज १२ गते 'नवजीवन एजि चर्च' का पाष्टर सुमन गुरुङ (सोम बहादुर) तथा श्रीमती हन्ना गुरुङका बिरुद्ध आरोप लगाएर सूचना दिने चर्चका बलराम अधिकारीले एक प्रेस विज्ञप्ति प्रकाशित गरी 'प्रकाशित समाचारहरुमा केही आरोपित शीर्षक भए पनि हुबहु नभएको' उल्लेख गरेका छन् । 

बलराम अधिकारीको प्रेस विज्ञप्तिमा  नै भनिएको छ - 'आरोपित व्यक्तिहरु र आरोप कर्ता बीच भएको  विषेश बैठकले सो सम्बन्धि छलफल हुँदा ती विषयहरुको समाधान गर्ने  निर्णय भयो ।'  'समाधान' गर्ने भन्नुको अर्थ हुन आउँछ अनियमितताको हिस्सेदारी बलराम अधिकारीलाई पनि दिने ! त्यसवापत बलराम अधिकारीले अनलाइनमा प्रकाशित समाचार हटाउन लगाउने !

बलराम अधिकारीको  प्रेस विज्ञप्ति भन्छ - 'उपस्थित सम्पूर्ण व्यक्तिहरुको रोहबरमा ती प्रकाशित समाचार हटाउँदै मण्डलीले पनि भए गरेका कमिकमजोरी सुधार गर्ने ‍‍‍....... र प्रतिशत समाचार हटाउन समेत  अनुरोध गर्ने जनाकारी गराउँदछुु' भनिएको छ ।  

ठुलै दबाब पश्चात बलराम अधिकारीको  प्रेस विज्ञप्ति २०७९ जारि विज्ञप्ति

 

यसरी धर्म र राहतका नाममा अनियमितता गर्ने भागबण्डा नमिले समाचार मिले समाचार हटाउने अनौठो निर्णय हुन थालेको छ । चर्च भित्र अनियमितता र कमिकमजोरी भएको कुरा आरोप कर्ता बलराम अधिकारीको प्रेस विज्ञप्तिमा पटकपटक  स्विकार गर्दा गर्दै ठुलै दबाबमा 'समाचार हटाउने'  दिइएको उनले बताउने गरेका छन् । 

'नवजीवन एजि चर्च' मा भएको बैठकमा 'नवजीवन एजि चर्च' का पाष्टर सुमन गुरुङ (सोम बहादुर) तथा श्रीमती हन्ना गुरुङले  दशांस भेटी, स्व इच्छा भेटी , मुठि दान, मिसन भेटि, भूकम्प पीडित  र कोरोना  राहतमा भएकाे  अनियमितता गरेको स्विकार गरेपछि  अरु केही नपाएर अनियमितता ढाकछोप गर्न र अनलाइनलाई समाचार हटाउन दबाब दिन  federation of nepalese journalist ( FNJ) र Christian Media Society (CMS)  का केही व्यक्तिहरुको समूहलाई जिम्मेवारी  समेत दिएको बताइन्छ । उक्त समूहले केही नपाए पछि तर पाष्टर सुमन गुरुङ दम्पतिको फोटो अनुमति बेगर छापेको भनेर दुःख दिने तयारी भइरहेको मण्डलीका सदस्यले जानकारी  दिएका छन् ।