जम्बो इको भेइकलको दशैं तिहार जम्बो अफर : ७ हजारदेखी १० लाखसम्म

जम्बो इको भेइकलको दशैं तिहार जम्बो अफर : ७ हजारदेखी १० लाखसम्म

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १३, २०७९

काठमाडौँ ।  नेपालमा विभिन्न  ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड–पर्व लाई लक्षित गरी दशैं–तिहार जम्बो अफर ल्याएको छ ।

यस अफर अन्तरगत जम्बो इको भेहिकल ले बिक्री बितरण गर्र्दै आयका साइकल तथा स्कुटरहरूमा ग्राहकले सिधै नगद रु ७ हजार देखी रु ३५ हजार सम्म छुट पाउनका साथै १० लाख बराबरको दुर्घटना बिमा पाउने छन । इलेक्ट्रिकल स्कुटर को इतिहास मै पहिलो पटक यति ठुलो सुविधा दिएको बताउँछन जम्बो इको भेइकल का प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने ।

लोकन्थली (जडिबुटी) भक्तपुर मा मल्टीब्राण्ड शो रुम रहेको जम्बो इको भेहिकल ले हाल सस्तोमा रु ७५ हजार देखी रु ३ लाख २० हजार सम्म पर्ने इलेक्ट्रिकल स्कुटर  तथा सवारी साधन बिक्री बितरण गर्दै आएको छ । फरक फरक मोडेल मा फराक फराक छुट भयतापनी प्रत्यक साधनको मा १० लाख बराबरको दुर्घटना बिमा गरिएको न्यौपाने बताउँछन । 

जम्बो इकोले लिथियम आयन युक्त उत्कृष्ट प्रविधिका इलेक्ट्रिकल स्कुटर, इलेक्ट्रिकल साइकल का साथै शारिरिक रुप ले विकलांग भउका व्यक्ति का लगी इलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउदै आएको छ । 

चिन लगायत अन्य मुलुक बाट इलेक्ट्रिकल लगायत अन्य सवारी साधन आयात मा समस्या देखिएता पनी जम्बो इको ले चाड पर्वलाई लक्षित गरि स्टक उपलब्ध गरायको  हुँदा ग्राहक ले रोजी–छानी इलेक्ट्रिकल स्कुटरहरु लोकन्थली नरेफाँटस्थित शो रुमबाट  सजिलै खरिद गर्न सक्ने समेत जनाइएको छ ।