नवरात्री बस्न गएको सुनारलाई वडा अध्यक्ष बाट जातिय विभेद गर्दै कुटपीट

नवरात्री बस्न गएको सुनारलाई वडा अध्यक्ष बाट जातिय विभेद गर्दै कुटपीट

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १३, २०७९

बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर ऐडीको समुहले  असोज ११ गते आफूहरु पुजा गरिरहेको स्थलमै कुटपिट गरि  अपशब्द प्रयोग गरी जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेको पिडित टेकेन्द्र सुनारले बताए छ्न । बाजुराको नाटेश्वरी मन्दिरमा  पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै सुनार माथी कुटपिट र लुटपाट भएको बताएका छ्न।

अध्यक्ष जुद्ध ऐडी लगायतको समुहले मंगलबार नाटेश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा जातीय  विभेद गर्दै आफूसँग भएको नगद ६० हजार समेत लुटपाट गरेको पीडित जानकारी दिएका छन् । 

हामीले सम्पर्क गर्दा अहिले वडा  अध्यक्ष जुद्ध ऐडी  जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको खबर छ । अन्य दुईजना फरार रहेको प्रहरीले जनाएको छ ।