डिशमिडिया नेटवर्क : भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट

डिशमिडिया नेटवर्क : भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट

लोकसंवाद संवाददाता  |  शिक्षा  |  आश्विन १४, २०७९

ललितपुर । कोभिड १९ बाट प्रभावित,(अभिभावक गुमाएका) भई शिक्षा बाट बञ्चित हुन पुगेका ३४ बालबालिकाहरु लाई भरोसा छात्रवृत्ति अभियानले छनौट गरेको छ ।

यस छात्रवृत्तिमा भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्ययनको लागी रु ५००० प्रति महिनाका दरले रकम उपलब्ध गराउनेछ । 

छात्रवृत्तिका लागि आवश्यक रकम डिशमिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ । साथै प्राविधिक सहयोगका हेल्प नेपाल तथा फ्याक्ट नेपाल गर्दै आएको छ ।