पशु हत्या

पशु हत्या

रिकेश बिश्वकर्मा(क्षितिज)  |  साहित्य  |  आश्विन १५, २०७९

दशै आयो चाड आयो मासु खोज्न हिड्छन्।
बिना कसुर पशु पन्छी गर्धनमा गिँड्न।।

काट मार गर्न हुन्न हामिले पशु पन्छि हरुलाई ।
के को धर्म हुनु हामीलाई मारेर नै अरुलाई।।

जता ततै दशै लाग्यो पशु पन्छी पिरमा।
हिजो सम्म जिउँदै पशु आज उन्छन् झिरमा।।

मान्छेहरु हेर्दा पनि राक्षस जस्तै बन्या छन्।
कुन देउताले रगत खान देउ मलाई भन्या छन्।।

आँखा बाट आँसु झर्दै पशु उता कराउँछ।
मान्छे यता काट्न भनी अचानोमा डोर्याउँछ।।

बर बराउँदै अरु पशु डरले काम्न थाल्छन्।
काम्दा काम्दै उता साथि देखा देखि ढाल्छन्।।

थोरै घाँसको लोभ देखाइ अचानोमा हाल्छन्।
आदा घाँटी गाँस नपुग्दै खुकुरीले ढाल्छन्।।

उसकी आमा रुन थाल्छे आफ्नो बच्चा हेर्दै।
मलाइ पनि मार्छन् भनी लामो सास फेर्दै ।।

अब देखि पशु हत्या गर्नु हुन्न जानौँ।
यसपाली फलफुल खाइ बरु दशै मानौ।।